अदालतको फैसलापछि भागेका १ सय २९ जना पक्राउ
कुन मद्धामा कति ?
पाेखरा | साउन १, २०८१
पोखरा: कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ ।
पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो ।
कुन मुद्धामा कति जना फरार थिए ?
१. चेक अनादार – ३३ जना
२. बैंकिङ कसूर – ६ जना
३. वन पैदावार (काठ) को अनियमित निकासी – २ जना
४. घरेलु हिंसा – १ जना
५. बिगो – ५ जना
६. सवारी ज्यान – १ जना
७. नकवजनी चोरी – ६ जना
८. अभद्र व्यवहार – ४ जना
९. लागू औषध – ५ जना
१०. साधारण चोरी – २ जना
११. केही सार्वजनिक अपराध – १३ जना
१२. जुवातास – ९ जना
१३. ज्यान मार्ने उद्योग – १ जना
१४. पशुपंक्षी सम्बन्धी कसूर – ६ जना
१५. सम्बन्ध विच्छेद – १८ जना
१६. नाता कायम – ५ जना
१७. जालसाजी – ५ जना
१८. झुट्टा बखपत्र गरेको – २ जना
१९. कुटपिट – १ जना
२०. लेनदेन – ४ जना
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

